उपसभामुख निर्वाचनमा नेकपा एमाले सहभागी नहुने
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने निर्णय गरेको छ ।
उपसभामुख चयनको प्रक्रिया अघि बढिरहेका बेला नेकपा एमालेले निर्वाचनमा सहभागी नहुने जनाएको हो ।
उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दिएका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पद पाउने लगभग निश्चित भएको बताइएको छ । राजनीतिक सहमतिका आधारमा उक्त पार्टीको पक्षमा बहुमत जुट्ने देखिएको छ ।
यता नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल कम्युष्ठि पार्टी पनि ठाकुरलाई नै समर्थन गर्ने जनाएको छ । उपसभामुखको निर्वाचन अहिले जारी छ ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार
















