कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु



काठमाडौँ,२९ चैत । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका १ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्