भिरबाट लडेर एक युवकको मृत्यु



रोल्पा, २९ चैत। रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा २ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।

जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

नेपालीको जानकारी अनुसार घटनाको अनुसन्धान भइरहेको समेत बताए ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्