सामान्य बढ्यो सुनचाँदीको भाउ
काठमाडौं २९ चैत। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो।
आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघिको कारोबार दिन शुक्रबार ९चैत २७० दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार
















