संसदीय समितिका सभापतिबारे निर्णय गर्न तीन विपक्षी दल छलफलमा
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिका विषयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी लगायत तिन दलका नेताहरू छलफलमा जुटेका हुन्।
बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा निर्णय गर्ने जनाएको छ।
सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने भएपनि अन्य समितिको विषयमा विपक्षी दलको साझा धारणा बनाएर जाने तयारी भइरहेको हो ।
छलफलमा कांग्रेसबाट अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल, नेकपाबाट वर्षमान पुन र युवराज दुलाल लगायतका नेता सहभागी छन्।
समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदै छ।
यता सत्तारुढ दल रास्वपाको पनि समितिको सभापतिको उम्मेदवार टुङ्ग्याउन संसदीय दलको बैठक राखेको छ ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार
















