तिन विपक्षी दलका सांसद र सभामुख अर्यालबीच भेटघाट



काठमाडौं । तिन विपक्षी दलका नेताहरू सभामुख डीपी अर्याल भेट्न पुगेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका नेताहरू संयुक्त बैठकपछि सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा पुगेका हुन्।

भेटमा कांग्रेसबाट अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी छन् ।

यसअघि विपक्षी दलका नेताहरूले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिमा उम्मेदवारी दिनेबारे छलफल गरेका थिए।

लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।

जसका लागि कांग्रेसले भरत खड्कालाई अघि सारेको छ । समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदै छ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्