जेनजीकै आडमा प्रधानमन्त्री बनेका बालेनविरुद्ध जेनजीहरुकै नाराबाजी



काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकै कारण प्रधानमन्त्रीको कुर्सीमा पुगेका बालेन्द्र शाह ‘बालेन’विरुद्ध जेनजीहरु नै उत्रिएका छन् ।

सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको तयारीको विरोध गर्दै जेनजीहरूले प्रदर्शन गरेका हुन् । जेनजी मुभमेन्ट अलायन्सको आव्हानमा उनीहरू सुकुमबासी बस्ती पुगेका हुन् ।

सुकुमबासीलाई साथ दिन पुगेका युवाले बालेन सरकार निरंकुश बन्दै गरेको भन्दै डोजर आतंक बन्द गर, उठीबास स्वीकार्दैनौं, आवासको हक सुनिश्चित गर, अदालतको आदेश पालना गर जस्ता नारा लगाएका छन् ।

अलायन्सले प्रहरी र डोजर लाएर सुकुमबासीहरूलाई बलपूर्वक उठाउनु न्यायसंगत नभएको जनाएको छ ।

संविधानले सुनिश्चित गरेको आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्दै दीर्घकालीन र न्यायोचित समाधान खोज्नुपर्ने, हुनेखाने र वास्तविक भूमिहीन छुट्याउन अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाइनुपर्ने माग उनीहरूको छ ।

यद्यपी बालेन सरकारले भने थापाथलीका सुकुम्बासीलाई होल्डिङ सेन्टर हुँदै नागार्जुन अपार्टमेन्टमा सारिने योजना बनाएको बुझिएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्