सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ९५ हजार १०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्