सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको बैठक केहीबेर अघिदेखि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा नियमित प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ।
आजको बैठकमा संसद्को आगामी बजेट अधिवेशन बोलाउने विषयसमेत एजेन्डामा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार
















