विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि उनीहरूलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालकअग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत चैत्र १९ गते काठमाडौंको गैह्रिधारबाट पक्राउ परेका भट्ट र चैत्र २१ गते भैरहवाबाट पक्राउ परेका अग्रवालमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ ।

शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ । शंकर ग्रुप र भट्टका कम्पनीबीच ४५ करोड अवैध कारोबार भएको स्रोत बताउँछ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्