सडकबाटै बालेनलाई घनश्याम भुसालले भने- शक्तिको तुजुक देखाउने सरकार खोजेका होइनौँ



काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाएका छन् ।

बुधबार माइतीघरमा खुला पत्रकार सम्मेलन गर्दै कार्यवाहक अध्यक्ष भुसालले पूर्ववर्ती सरकारजस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताको अपेक्षा गरेको भन्दै आफ्ना कमजोरी सुधार गर्न सुझाएका हुन् ।

घनश्यामले भने- ‘तपाई जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँमाथि संकटहरु आईपर्नेछ । हामी यो सरकार उल्ट्याउनुपर्छ भनेर सडकमा निस्किएका होइनौँ, तर यो सरकारले आफ्ना कमजोरीहरू सुधारोस् । हामीले शक्तिको तुजुक देखाउने सरकार खोजेका होइनौँ ।’

उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाए पनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

उनले थप भने- ‘मैले विगतमा ओलीको खुट्टा अन्तै हिँडदै गरेको देखेर खुट्टा पछाडि फर्काउन सचेत पारेको थिएँ । तर उहाँले खिसीको भावमा मेरो कुरालाई उडाइ दिनुभयो । अहिले त्यसको मूल्य धेरै ठूलो भयो ।यो कुराबाट तपाईंहरूले सिकिदिनुस् है ।’

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्