कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर गोल्डकपको फाइनलमा
नेपालगञ्ज २३ वैशाख । कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसिएसन क्लबलाई २(१ गोल अन्तरले हराउँदै आयोजक रेसिङ सहारा क्लब फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर(२ स्थित तेह्र बिघा खेल मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता बैशाख २६ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार







