पूर्व भिआईपीहरूले विदेशमा उपचार गराउँदा गैरकानुनी खर्च लिएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं । पूर्व विशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
राज्यका विशिष्ट अधिकारीहरूको विदेशमा उपचार गराउँदा उपचार खर्च राज्यकोषबाट भराउनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको हो ।
सरोज न्यौपानेले बिहीबार सर्वोच्चमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।
राज्यका पूर्व पदाधिकारीहरुले स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुँदाहुँदै पनि विदेशमा गएर उपचार गर्न मन्त्रिपरिषदको निर्णयबाट उनीहरुले उपचारखर्च लिँदै आएका थिए ।
२०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भएपनि अर्को कार्यविधिमा भएको व्यवस्था अनुसार विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदै आएका थिए ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार







