स्विट्जरल्याण्डबाट खरेलको प्रष्टिकरण–नियोजित तरिकाले मेरो चरित्रमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ



काठमाडौं । सत्तारुढ दल राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको जिकिर गरेका छन् ।

सञ्चारमाध्यमहरुमा खरेल सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमको ३० अर्ब रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएका थिए । तर, उनले आफूले उक्त गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ ।’

सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका खरेल हाल रास्वपाका सांसद छन् । उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्