डा. शर्माको सिफारिसमा दुई सदस्यको ‘नोट अफ डिसेन्ट’



काठमाडौँ २४ वैशाख । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

‘नोट अफ डिसेन्ट’लेख्नेमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे छन्।
दाहालले भने — ‘प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश सिफारिस गर्ने अभ्यास थियो। त्यो परम्परा र विधि हठात् मिचेर चौथो नम्बरको न्यायाधीशलाई सिफारिस गर्ने निर्णयमा सहमति जनाउन सकिएन।’

उल्लेखनीय छ कि यसअघि संवैधानिक परिषद्ले वरिष्ठताको क्रम मिचेर डा. शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको थियो — जुन निर्णयले पहिल्यै विवाद निम्त्याइसकेको छ।

परिषद्भित्रै दुई सदस्यको खुला असहमति आएपछि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थप विवादास्पद बन्ने देखिएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्