स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त प्रमुखहरूको नियुक्ति
काटमाडौँ २४ वैशाख । सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष अध्यादेशका कारण नेतृत्वविहीन बनेका प्रमुख स्वास्थ्य निकायहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निमित्त प्रमुखहरू नियुक्त गरेको छ।
सेवा प्रवाह र दैनिक उपचारमा अवरोध नआओस् भन्नका लागि मात्र गरिएको यो अल्पकालीन व्यवस्था हो। सरकारले छिट्टै खुल्ला प्रतिस्पर्धामार्फत योग्यता (मेरिट) को आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारेको मन्त्रालयले जनाएको छ।
निमित्त प्रमुखहरू यस प्रकार छन्:
| संस्था | निमित्त प्रमुख |
|---|---|
| वीर अस्पताल | प्रा.डा. प्रभा कोइराला |
| पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान | प्रा.डा. समिता पन्त |
| पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान | डा. नरेन्द्र विक्रम गुरुङ |
| कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान | सह-प्रा.डा. विनम्र विष्ट |
| बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान | सह-प्रा.डा. इन्द्र लिम्बु |
| राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान | सह-प्रा.डा. सुरेश रसाइली |
| बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल | डा. उमेश नेपाल |
| सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र | सह-प्रा.डा. रविन्द्रभक्त तिमला |
| स्वास्थ्य बिमा बोर्ड | शकुन्तला प्रजापति |
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार
















