सरकारका प्रवक्ता भन्छन्- पहिलोपटक कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका छौँ
काठमाडौं । शिक्षामन्त्री एवम सरकारका प्रवक्ता सस्मित पोखरेलले पहिलोपटक कार्यकक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको बताएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले सो कुरा बताएका हुन् ।
पोखरेलले भने- ‘यो पटक पहिलो चोटि प्रधानन्यायाधीशको सिफारिस मुद्दाको फर्छयौटको हिसाबमा, कार्यक्षमताको आधारमा र इन्डिकेटरको हिसाबमा सिफारिस गरेर पठाएका छौँ ।’
सरकारले डा. शर्माको कार्यक्षमता, न्यायिक कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहको आधारमा सिफारिस गरिएको धारणा उनको रहेको छ ।
बिहीबार बसेको संबैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम प्रस्ताव गरेका थिए ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई पन्छाउँदै रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो। उक्त प्रस्तावमा विभिन्न राजनितिक दललगायत न्यायिक वृत्त । कानुन व्यवसायीहरुले व्यापक असहमति जनाएका छन् ।
यसैबीच संवैधानिक परिषदले वरीयता मिचेर प्रधान न्यायाधीशसिफारिस गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट समेत पेस गरेका छन् ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार
















