कति छ डलरको भाउ?
काठमाडौँ, ३ जेठ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। शनिबार हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज पनि सोही मूल्यमा स्थिर रहेको हो।
आज युरो १ को खरिददर १७८ रुपैयाँ ३८ र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७५ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा छ। आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार







