रोल्पामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु
रोल्पा, २० जेठ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित व्याङखोलामा सहिद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जीप चालक दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार जस्तापाता, सिमेन्ट र प्लास्टिकका पाइपलगायत निर्माण सामग्री बोकेको बोलेरो पिकअप जीप सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेको अवस्थामा फेला परेको थियो।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















