हुन्डी कारोबारमा संलग्‍न गुरुङ झण्डै १९ लाख रुपैयाँसहित पक्राउ



रसुवा। रसुवाको स्याफ्रुबेशीबाट १९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका-३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन् ।

प्रहरीले गोसाईकुण्ड गाउँपालिका-६ अन्तर्गत पासाङ ल्हामु राजमार्गमा स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा १९ लााख ५२ हजार रुपैयाँसहित लाई शनिबार धुन्चे बजारबाट पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट धुन्चेका अनुसार बरामद गरिएको रकमबाट एक हजारको १ हजार ८४५ थान नोट, पाँच सयको २१३ थान तथा एक सय दरका ६ थान नोट रहेको छ ।

प्रहरीका अनुसार बरामद नगदसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई हुण्डी कारोबारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला अदालत रसुवाबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्