प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बुधबारबाट गतिरोध हटेको संसद्को बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ ।
आगामी आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल जारी रहने भएको हो ।
बैठकमा आजै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
अर्थमन्त्री डा। वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा। वाग्लेले नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















