मकवानपुरमा जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु



मकवानपुर। मकवानपुरमा गएराति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ।

जिल्लाको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको बाप्र०१–०३३च २१४४ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जीप सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार फास्ट ट्र्याकमा कार्यरत इन्जिनियर बाराको पचरौता–७ का २१ वर्षीय सूर्य यादव र चालक सिन्धुलीको कमलामाई–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी घाइते भएका थिए ।

जीप दुर्घटना भएको जानकारी पाउनासाथ प्रहरी र सेनाको टोलीले घटनास्थलबाट उद्धार गरेर हेटौँडा अस्पताल ल्याएका दुवै जनालाई चिकित्सकले आज बिहान मृत घोषणा गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै पछिल्लो समय सडक दुर्घटना अत्यधिक बढिरहेकाले यात्रा गर्दा सावधानी रहन र रातिका समयमा सकभर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्