डाका चोरी मुद्दामा ६ वर्ष जेल सजाय तोकिएका खड्का पक्राउ



धनगढी । डाका चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डाका चोरी मुद्दामा ६ वर्ष कैद र ३३ हजार ७५० रुपैयाँ जरिवाना सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१८ निवासी ३२ वर्षीय रमेश खड्का पक्राउ परेका हुन् ।

प्रहरी सहायक हवल्दारको नेतृत्वमा खटिएको टोलीले बिहीबार दिउँसो करिब १२ः३० बजे उनलाई आफ्नै घरबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

कैलाली जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका खड्कालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्