रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएको थियो। तर कसैले पनि आवश्यक बहुमत हासिल गर्न नसकेकाले सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबिच दोस्रो चरणको मतदान गरिने भएको हो।


निर्वाचन परिणामअनुसार, सालिकराम घिमिरे ९रुपन्देही० १९९ मत, गोपाल घिमिरे ९अर्घाखाँची० ८७ मत, गणेश पौडेल ९रुपन्देही० ८४ मत, डा राजकुमार सुवेदी ९बाँके० ८० मत, मञ्जु भुसाल ९रुपन्देही० ७१ मत र मधुप्रसाद अर्याल ९रुपन्देही०ले १९ मत प्राप्त गरेका छन्।

ीबहmष् कगलचष्कभ दबलप
निर्वाचन अधिकृत सापकोटाले धेरै मत प्राप्त गरेका सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुने जानकारी दिए।

क्जष्खबm ऋझभलत
दाङको घोराहीमा जारी अधिवेशन अन्तर्गत शनिबार साँझ सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। अब दोस्रो चरणको मतदानबाट सूचना प्रकाशित गरेको उल्लेख्य गर्दै ती दुई जना मध्ये सहमति नभएमा सभापति मा १० बजेपछि मतदान गर्ने सूचना प्रकाशित गरेको बताए ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्