फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डको सुखद सुरुवात
काठमाडौँ । स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो ।
स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।
जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।
अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ।
आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार
















