झापामा सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु



झापा। झापामा विषालु सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेकी छन् ।

आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो ।

सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्