विष्णु पौडेल पक्राउपछि एमालेले डाक्यो सचिवालय र संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको हो।

दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ ।

बैठकमा सममसामयिक राजनीतिक विषयसँगै उपाध्यक्ष पौडेलको पक्राउपछि उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई राति नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा राख्ने भनिएको थियो । तर, राति बाटोमै ‘सामान्य विश्राम’पछि उनलाई काठमाडौंतर्फ हिँडाइएको छ ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्