फिफा विश्वकप : क्यानडामाथि स्विट्जरल्यान्डको साघुरो जित
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा सहआयोजक क्यानडालाई २-१ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड विजयी भएको छ।
भ्यानकुभर स्टेडियममा भएको खेलमा क्यानडालाई पराजित गर्दै स्वीजरल्यान्ड समूह ‘बी’ को समूह विजेता बनेको हो।
यसअघि नै यी दुई टोली नकआउट चरणमा प्रवेश गरिसकेका थिए।
दोस्रो हाफको ४६ औँ मिनेटमा स्विट्जरल्यान्डका जोहन मान्जाबीको पासमा रुबेन भार्गसले टिमका लागि पहिलो गोल गरे। मान्जाम्बीले नै ५७ औँ मिनेटमा दोस्रो गोल थपे।
क्यानाडाको प्रोमिस डेबिडले ७६ औँ मिनेटमा गोल फर्काए।
त्यसपछिको खेलमा दुवै टोलीबाट थप गोल हुन सकेन।
यो जितसँगै स्विट्जरल्यान्ड ७ अकंसहित समूह ‘बी’ को विजेता बन्यो।
काठमाडौं। फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा सहआयोजक क्यानडालाई २-१ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड विजयी भएको छ।
भ्यानकुभर स्टेडियममा भएको खेलमा क्यानडालाई पराजित गर्दै स्वीजरल्यान्ड समूह ‘बी’ को समूह विजेता बनेको हो।
यसअघि नै यी दुई टोली नकआउट चरणमा प्रवेश गरिसकेका थिए।
दोस्रो हाफको ४६ औँ मिनेटमा स्विट्जरल्यान्डका जोहन मान्जाबीको पासमा रुबेन भार्गसले टिमका लागि पहिलो गोल गरे। मान्जाम्बीले नै ५७ औँ मिनेटमा दोस्रो गोल थपे।
क्यानाडाको प्रोमिस डेबिडले ७६ औँ मिनेटमा गोल फर्काए।
त्यसपछिको खेलमा दुवै टोलीबाट थप गोल हुन सकेन।
यो जितसँगै स्विट्जरल्यान्ड ७ अकंसहित समूह ‘बी’ को विजेता बन्यो।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार