कहाँ कहाँ पर्छ पानी?
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख वर्षा हुने सम्भावना देखिएको हो।
‘तर सम्भावना ३० प्रतिशत मात्र देखिएको छ’, उनले बिहीबार बिहान भने, ‘वर्षा भयो भने खण्डित रूपमा हल्का र कतै कतै मध्यमसम्म होला।’
अहिले बिहान पनि काठमाडौँ उपत्यकामा बादल लागेको छ। तर तत्काल वर्षाको सम्भावना नदेखिएको मौसमविद् लामिछानेले बताए।
दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादलको अवस्थामा रहने अनुमान गरिएको उनलेे बताए।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












