फिफा विश्वकपको रोचक खेल : नकआउटमा अर्जेन्टिनासँग भिड्दैछ केप भर्डे



काठमाडौं। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकाउट चरण (राउन्ड अफ ३२) मा केप भर्डेसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ‘एच’को अन्तिम नतिजापछि उपविजेता बनेको केप भर्डेसँग अर्जेन्टिनाले राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्ने टुंगो लागेको हो ।

केप भर्डे पहिलोपटक विश्वकपमा आएको टोली हो । यो टोलीले आफ्ना समूह चरणका सबै खेलमा विपक्षीलाई बराबरीमा राेक्यो । केप भर्डेले समूह चरणमा विश्वविजेता उरुग्वे र स्पेन तथा साउदी अरबियासँग प्रतिस्पर्धा गरेको थियो । यो टोलीका गोलकिपर भोजिन्हा उत्कृष्ट प्रदर्शन गरेर विश्वभरि चर्चामा छन् ।

अर्जेन्टिमा समूह ‘जे’को विजेता बनेर नकाउटमा पुगेको हो । अर्जेन्टिना र केप भर्डेबीचको खेल ३ जुलाईमा हुनेछ ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्