सकियो विश्वकप फुटबलको समूह चरणका खेल, यस्तो बन्यो नकआउटको तालिका
काठमाडौं । जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकपको समूह चरण आइतबार सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) पुग्ने सबै टोलीको टुंगो लागेको छ । समूह ‘जे’का अन्तिम दुई खेल सकिएसँगै प्रतियोगिताको पहिलो चरण समाप्त भएको हो ।
पहिलोपटक ४८ टोलीको सहभागिता रहेको यस विश्वकपमा केही अप्रत्याशित नतिजा पनि देखिए । दुई पटकको विश्वकप विजेता उरुग्वे समूह चरणबाटै बाहिरिँदा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डले इतिहास रच्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भयो।
अब उपाधि होड थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । नकआउट चरणमा एक हारले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले प्रत्येक खेल निर्णायक हुनेछ।
कुन टीमको प्रतिद्वन्द्वी को ?
दक्षिण अफ्रिका भर्सेस क्यानडा -२९ जुन
ब्राजिल भर्सेस जापान -जुन२९
जर्मनी भर्सेस पराग्वे -जुन ३०
नेदरल्यान्ड्स भर्सेस मोरक्को -जुन ३०
आइभरि कोस्ट भर्सेस नर्वे -जुन ३०
फ्रान्स भर्सेस स्विडेन -जुलाई १
मेक्सिको भर्सेस इक्वेडर -जुलाई १
इङ्ल्यान्ड भर्सेस डिआर कंगो -जुलाई १
बेल्जियम भर्सेस सेनेगल -जुलाई २
अमेरिका भर्सेस बोस्निया एन्ड हर्जगोभिना -जुलाई २
स्पेन भर्सेस अस्ट्रिया -जुलाई ३
पोर्चुगल भर्सेस क्रोएसिया -जुलाई ३
स्विट्जरल्यान्ड भर्सेस अल्जेरिया -जुलाई ३
अस्ट्रेलिया भर्सेस इजिप्ट -जुलाई ३
अर्जेन्टिना भर्सेस केप भर्डे -जुलाई ४
कम्बोडिया भर्सेस घाना -जुलाई ४
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












