रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार, लगत्तै केन्द्रीय समिति बैठक बस्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिने कार्यक्रम तय गरिएको रास्वपाले जनाएको छ । शपथ कार्यक्रम सम्पन्न भएपछि सोही दिन केन्द्रीय समिति बैठक पनि बस्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनको भरतपुरमा सम्पन्न भएको थियो, जहाँ नयाँ नेतृत्वसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए।

महाधिवेशनको मतपरिणाम सार्वजनिक भएकै दिन पार्टी सभापति रवि लामिछानेले भरतपुरमै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। अब बुधबार अन्य नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गर्नेछन् ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्