एम्बाप्पेको कीर्तिमानी २ गोलले फ्रान्स ‘अन्तिम १६’ मा, स्वीडेन बाहिरियो



काठमाडौँ । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।

५३औं मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ७४औं मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता तेब्बर बनाए । खेलको अधिकांश समय फ्रान्स हाबी बन्यो ।

यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन् । दुवैले समान ६ गोल गरेका छन् । अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग खेल्नेछ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्