फिफा विश्वकप २०२६ : मोरक्को अन्तिम १६ मा, नेदरल्यान्ड्स बाहिरियो
काठमाडौँ। नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटको खेल पनि बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटमा मोरोक्को विजयी भएको हो ।
पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो। जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे।
मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे ।
मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो।
नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए।
नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्टले पनि पेनाल्टी पोस्टमा लागेर बाहिरियो भने क्विन्टन टिम्बरको प्रहार पनि बाहिरियो। क्रइसेन्सियो समरभिलको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले बचाए।
त्यसअघि ग्वाडालाजार स्टेडियममा कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।
तर नेदरल्यान्ड्सले अन्तिम ससमयमा अग्रता जोगाउन नसक्दा मोरक्कोले इन्जुरी टाइममा गोल फर्काएको थियो ।
इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १(१ को बराबरीमा पुर्याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












