देशभर मनसुनी वायुको प्रभाव, यी ५ प्रदेशमा भारी वर्षा हुने



काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको हो।

यसको प्रभावले बुधबार बिहान काठमाडौं लगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धादिङको गजुरीमा पछिल्लो एक घन्टामै १९।६ मिलमिटर वर्षा भएको छ। लमजुङको भुजुङमा १६ मिलिमिटर र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा भएको छ।

गएको चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको छ। केही स्थानमा धेरै भारी वर्षा मापन भएको छ।

पछिल्लो चौबीस घन्टामा बर्दियाको मानपुरमा १३६।६ मिलिमिटर, तारातालमा १२८।८ मिलिमिटर, बाँकेको बेलभरमा १०४।८ मिलिमिटर, कैलालीको बलियामा १२१ मिलिमिटर, कास्कीको यांगिकोटमा ८०।६ मिलिमिटर वर्षा मापन भएको छ।

बुधबार दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ।

देशको हिमाली भूभागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति पनि देशभर पूर्णतया बादल लाग्ने पूर्वानुमान छ।

राति देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

साथै देशको पहाडी भूभागको केही स्थानमा र देशको तराई भू(भागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ रहेको महाशाखाले जनाएको छ।

राति नै कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्