कहाँ कहाँ पर्छ पानी?



काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७।४ मिलिमिटर र हनुमाननगरमा १२।४ मिलिमिटर वर्षा भएको छ। नुवाकोटको त्रिशूलीमा १५।८ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा बढी दोधारामा १४९।६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७।६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६।६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ।

बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ।

दिउँसो देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश र कोशी प्रदेश तराईको एकदुई स्थानमा पनि मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

बिहीबार राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्