‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य
काठमाडौँ। फिल्म ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन्। टंक बुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा विपीन अनुबन्ध भएका हुन्। यो फिल्ममा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी छन् । यी दुई कलाकारले पहिलोपटक सहकार्य गर्न लागेका हुन्।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ। विपिन र पूजासँगै महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन्।
‘मन विनाको धन–२’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












