एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन



काठमाडौँ। नाटक ‘स्याल सिंह’ अहिले एक थिएटरमा मञ्चन भइरहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश कथामा आधारित नाटक एक थिएटरकै प्रस्तुतिमा असार ५ गतेदेखि मञ्चन सुरु भएको हो ।

नाटकको निर्देशन तथा परिकल्पना तीर्थराज विश्वकर्माले गरेका छन् । नाटकले वर्तमान समाजमा क्रमशः हराउँदै गएको मानवीय भावना, करुणा र संवेदनशीलतालाई उजागर गर्छ ।

नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहनेछ । नाटक असार २३ गतेसम्म नियमित मञ्चन हुने एक थिएटरले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्