कर्णाली नदीमा यात्रुसहितको हाइस खस्यो, ठूलो हताहतीको अनुमान



सुर्खेत । कर्णाली नदीमा यात्रुसहितको हाइस खसेको छ ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली ०३–००१ ख १०५५ नम्बरको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको हो ।

राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार ५०० मिटर तल खसेको गाडी पुरै नदीमा डुबेको छ ।

उक्त हाइसमा कति जना सवार थिए भन्ने के भयो पत्ता लागेको छैन। यद्यपी ठूलो हताहतीको भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

हाल बेपत्ता गाडी र यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्