सम्पती शुद्धिकरण निवारण विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित



काठमाडौं । सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

सभाको बिहीबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँँदै मन्त्री वाग्लेले मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न गम्भीरताका साथ काम गरिरहेको बताएका थिए ।

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयक सभाले बहुमतले पारित गरेको घोषणा गरेका हुन्।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्