सानिमा बैंकद्वारा नेपाल-भारत रियल–टाइम P2P भुक्तानी सेवा सुरु, एनसीएचएलसँग सहकार्य



काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम पर्सन टु पर्सन (P2P) भुक्तानी सेवा सुरु गरेको छ ।

नयाँ सेवामार्फत दुबै देशका प्रयोगकर्ताले सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो प्रणालीमा बैंक खाताको विवरण सार्वजनिक नगरी भर्चुअल पेमेन्ट एड्रेस (VPA) तथा यूपीआई (UPI) आईडी प्रयोग गरी कारोबार गर्न सकिनेछ ।

बैंकका अनुसार नेपाली प्रयोगकर्ताले VPA मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले यूपीआई आईडी प्रयोग गरी नेपाल–भारतबीच रकम पठाउन तथा प्राप्त गर्न सक्ने सुविधा पाउनेछन् ।

यो सेवाले विशेषगरी विद्यार्थी, व्यवसायी, पर्यटक तथा दुवै देशबीच आवतजावत गर्ने व्यक्तिहरूलाई सहज डिजिटल भुक्तानी विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सानिमा बैंकले हाल देशभर १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्