पर्साबाट १०२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ



पर्सा । पर्सामा १०२ केजी ६३८ गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कार चालक भारतको बेतिया, नवलपुर बस्ने अन्दाजी ३२ वर्षका गुडु बर्मा रहेका छन् ।

जिल्लाको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले बर्मालाई पक्राउ गरेको हो ।

जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बिआर ०१ सी यु ५४४ नम्बरको सेतो स्पोर्ट्स कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० पोका गाँजा बरामद गरिएको थियो । ।

बरामद गाँजाको तौल १०२ केजी ६३८ ग्राम रहेको छ ।

पक्राउ परेका बर्मा, बरामद गरिएको गाँजा तथा सवारी साधनलाई थप अनुसन्धान रआवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको छ ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्