भरतपुरमा रेणु र देवीको मतान्तर ह्वात्तै घट्यो, कसको कति ?


 



भरतपुर, जेठ ५
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओबादी केन्द्रकी रेणु दाहालको मतान्तर घटेको छ ।

फराकिलो मतान्तरले अग्रस्थानमा रहेका देवीको अग्रतालाई रेणुले खुम्च्याउँदै लगेकी छन् । पछिल्लो मतपरिणाअनुसार एमालेका देवीले ११ हजार ५ सय ८४ मत ल्याएका छन् भने रेणुको ११ हजार १ सय ४१ मत पुगेको छ ।

रेणु देवी भन्दा करिब ४ सय भोट अन्तरले पछाडि छिन् । हिजोसम्म उनी करिब तीन हजार मतान्तरले पछाडि थिइन् । रेणु माओबादी केन्द्र र नेपाली काँग्रेसकी साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्