निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ ।
आज बस्ने संसदीय सुनुवाइ समिति ९संयुक्त०को बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागेको हो ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे ९ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।
शुक्रबार संवैधानिक परिषद्ले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । आयुक्त पदमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको थियो ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










