प्रतिनिधिसभा बैठक आज बस्दै



काठमाडौँ। प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् ।

यस्तै, ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पनि मन्त्री गौतमले पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्