मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ
मोरङ । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्सले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
यस शोरूमको औपचारिक उद्घाटन असार २५ गते बिहान १० बजे सम्पन्न भएको हो। कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा आयोजित रिबन काट्ने समारोहसँगै स्थानीय ग्राहकहरूलाई नयाँ स्पेस अवलोकनका लागि आमन्त्रण गरिएको थियो।
आकर्षक र ग्राहक–मैत्री ढाँचामा सजाइएको यस शोरूमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ। शोरूममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन्।
“अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो साझेदारी मोरङ र यस आसपासका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्याउने हाम्रो निरन्तर प्रयासको महत्त्वपूर्ण कदम हो। यस शोरूममार्फत ग्राहकहरूले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्नेछन्”, उद्घाटनका क्रममा कजारिया रमेश टायल्सका प्रतिनिधिले भने।
यो नयाँ शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा रूपमा सञ्चालनमा आइसकेको छ। कञ्चनबारी, मोरङ तथा यस आसपासका सम्पूर्ण बासिन्दाहरूलाई शोरूममा आमन्त्रण गर्दै नयाँ र अत्याधुनिक कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










