पहिरोको जोखिममा रातभरि रोकिएका सवारी खुला, नागढुंगामा चाप
काठमाडौं । धादिङमा पहिरोको जोखिम भएपछि पृथ्वी राजमार्गमा रातभरि रोकिएका सवारीसाधन बिहानबाट खुलेका छन् । रातभरि जाममा रहेका सवारीसाधन अहिले बाहिरिने र भित्रिने क्रम सुरु भएपछि नागढुंगामा चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रमुख सुरेश काफ्लेले रातभरि पहिरो जान सक्ने जोखिम देखिएकाले गाडी रोकिएको जानकारी गराउँदै अहिले खुलिसकेको बताए ।
उनका अनुसार खुले पनि दुवैतर्फ सवारीको चाप देखिएको छ । ट्राफिक प्रहरी ठाउँ ठाउँमा खटिएकाले सबै सवारीसाधन केही समयमा ‘क्लियर’ हुने उनले बताए ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










