बूढानीलकण्ठमा तास खेलिरहेका ५ जना पक्राउ, शंकास्पद गतिविधिमा संलग्न ८४ जना समातिए



३१ असार, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिकको पसलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

केके लिक्विड पसलमा तास खेलिरहेकाहरुलाई गएराति पौने १० बजे प्रहरीवृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

जुवाखालबाट तीन बुक तास र नगद ६७ हजार ३३५ रुपैयाँ बरामद समेत गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद गतिविधि गरेको भन्दै ८४ जना पक्राउ

यसैबीच काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले ८४ जनालाई नियन्त्रण लिएको छ । काठमाडौंबाट ७४ जना, ललितपुरबाट २ जना र भक्तपुरबाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेकाहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै गत २४ घण्टामा ३८ जना फरार प्रतिवादीहरुलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्