झन्डै ११० किलो गाँजासहित मकवानपुरबाट २ पक्राउ



काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९।०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा।प्र।०१–०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाई छिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९।०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।


पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका(७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्