विवादले भरतपुरको मतगणना अझै सुरु भएन, सहमतिको प्रयास


 


काठमाडौं, जेठ ६
मतपरिणाम सार्वजनिक गर्दा पटक–पटक त्रुटी देखिएको भन्दै काँग्रेस, माओबादी केन्द्र र राप्रपाले हिजो मतगणना बहिस्कार गरेपछि भरतपुरशनिबार विहानसम्म मतगणना कार्य सुरु हुन सकेको छैन ।

भरतपुरमा महानगरपालिकाका निर्वाचन अधिकृतले धाँधली गरेको आरोप कांग्रेस, माओवादी र राप्रपाले लगाएका छन् ।
मतगणना बहिस्कार पछि संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग समेत गरेका थिए ।

अवरुद्ध मत गणना कार्य सुचारु गर्न दलहरुबीच अहिले सहमती गर्ने प्रयास भइरहेको छ । हिजो मूल्य निर्वाचन अधिकारीले वडा नम्बर ४ को मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनेर कांग्रेसले विजय उत्सव मनाउन खोजिरहँदा पछि एमाले विजायी भएको घोषणा गरिएको थियो ।

माओबादी–कांग्रेसले यसरी थुप्रै पटक त्रुटी भएको आरोप लगाएका छन् । उनीहरुले निष्पक्ष मतगणनाको प्रतिबद्धता नआएसम्म मतगणनामा भाग नलिने बताएका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्